साल्टको शतकमा इंग्ल्याण्डले वेस्ट इन्डिजलाई ७५ रनले हरायो
काठमाडौंँ । फिल साल्टको लगातार दोस्रो शतकको मद्दतमा इंग्ल्याण्डले त्रिनिडाडमा भएको चौथो टी–२० खेलमा वेस्ट इन्डिजलाई ७५ रनले पराजित गरेको छ । योसँगै इंग्ल्याण्डले ५ टी–२० म्याचको सिरिज २–२ को बराबरी गरेको छ ।
इंग्ल्याण्डका लागि साल्टले ५९ बलमा ११९ रनको इनिङ खेले । यो टी–२० इनिङ्समा इंग्ल्यान्डको सबैभन्दा ठूलो स्कोर हो । साल्टले आफ्नो पारीमा १० छक्का पनि प्रहार गरे ।
पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ३ विकेट गुमाएर २६७ रन बनाएको थियो । २६८ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजको सम्पूर्ण टोली १५.३ ओभरमा १९२ रनमा आउट भएको थियो ।
टस हारेर ब्याटिङ गरेको इंग्ल्याण्डले राम्रो सुरुवात गरेको थियो । इंग्ल्यान्डलाई पहिलो झटका ११७ रनमा लागेको थियो । ओपनर जोस बटलर २९ बलमा ५५ रन बनाएर जेसन होल्डरको बलमा रोभम्यान पावेलको हातमा क्याच आउट भएका थिए ।
साल्टले ५७ बलमा ११९ रन बनाए । यी बाहेक लियाम लिभिङस्टोनले २१ बलमा ५४ रन र विल ज्याकले ९ बलमा २४ रन बनाए ।
२६८ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजको सुरुवात खराब रह्यो । वेस्ट इन्डिजलाई १ रनको स्कोरमा पहिलो झटका लागेको थियो । ओभरको पहिलो बलमा ओपनर ब्रान्डन किङ प्याभिलियन फर्किए । त्यसपछि निकोलस पूरनले काइल मेयर्ससँग १० बलमा ३२ रनको साझेदारी गरे । वेस्ट इन्डिजका लागि सबैभन्दा ठूलो साझेदारी आन्द्रे रसेल र अकिल हुसेनबीचको थियो । दुवैले २१ बलमा ४० रन बनाए ।

टिप्पणी लेख्नुहोस्