प्रो क्लब च्याम्पियनशिप खेल्न जान लागेका क्रिकेट टोलीको बिदाइ
काठमाडौंँ । प्रो क्लब च्याम्पियनशिप खेल्न जान लागेका क्रिकेट टोलीलाई नेपाल प्रहरी खेलकुद समितिले बिदाइ गरेको छ । नेपाल प्रहरीको प्रतिनिधित्व गरि प्रतियोगितामा सहभागिता जनाउन जान लागेका टोलीलाई मंगलवार एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको हो ।
राष्ट्रिय पुलिस एकेडमीको अर्पण सभाहलमा भएको बिदाइ कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक सन्दिप भण्डारी र प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. लगायतको उपस्तिथी रहको थियो । सो अवसरमा खेलाडीहरुलाई उच्च प्रदर्शनको शुभकामना दिइएको थियो ।
प्रो क्लब च्याम्पियनशिप बिरगंजको नारायाणी क्रिकेट रंगशालामा आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपाल पुलिस क्लबसँगै नेपाल आर्मी क्लब, एपिएफ क्लब, पर्सा(११ तथा भारतीय टोलीहरु यूपी-११ र वन्डर्स क्लब नोएडाको सहभागिता रहेको छ । टि-२० फरम्याटमा हुने प्रतियोगिताको पौष ५ देखी १५ गतेसम्म चल्ने छ ।
प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल पौष ५ नेपाल आर्मीसँग खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्