लेख विवरण

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको ट्रफी सार्वजनिक

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको ट्रफी सार्वजनिक

काठमाडौंँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । बिहीबारदेखि काठमाडौँमा आयोजना हुने प्रतियोगिताको ट्रफी वसन्तपुरको हेरचाह अड्डा स्थित लोहान चौंकमा सार्वजनिक गरिएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लगायत क्यानका पदाधिकारीहरु र आठै टोलीका कप्तानहरूको उपस्थिती रहेको थियो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिता पौष ५ देखी १७ गतेसम्म मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुदैछ । प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफ क्लबगरी आठ टोलीको सहभागिता रहनेछ ।

पहिलो पटक राउन्ड रोविन लिगको आधारमा हुन लागेको प्रतियोगितामा प्रत्येक टोलीले एक आपसमा खेलेपछि शीर्ष चार टोलीले प्लेअफ खेल्नेछन् । शीर्ष दुई टोलीबिच पहिलो क्वालिफायर हुनेछ । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

यस्तै एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोलीबिच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.