पहिलो चरणको ओलम्पिक क्वालिफाइङ्ग बक्सिङ्ग प्रतियोगिता सम्पन्न
काठमाडौंँ । नेपाल बक्सिङ्ग महासंघको आयोजनामा ओलम्पिक क्वालिफाइङ्गको पहिलो छनोट बक्सिङ्ग प्रतियोगिताको तेस्रो दिन फाइनल खेलहरु सात्दोबाटो बक्सिङ्ग कबर्ड हलमा बुधबार सम्पन्न भएको छ ।
महिला तर्फको खेलमा ५० केजी तौल समूहमा स्वीट बक्सिङ्ग क्लबका रमिसा श्रेष्ठलाई नक्साल बक्सिङ्ग क्लबका सुस्मा तामाङ्गले स्पिलिट डिसिजनको आधारमा जित हासिल गरिन। त्यस्तै ५४ केजी तौल समुहमा बक्समाण्डुका अञ्जनी तेलीले नेपाली सेनाका वर्षा श्रेष्ठलाई युनानिमस डिसिजनको आधारमा पराजित गरिन ।
पुरुष तर्फको खेलमा ५१ केजी तौल समुहमा नेपाली सेनाका शुशिल थापालाई पुलिसका चन्द्र बहादुर थापाले स्पिलिट डिसिजनको आधारमा जित हासिल गर्यो । त्यस्तै ५७ केजी तैल समुहमा भाइब बक्सिङ्ग क्लबका निरञ्जन मोक्तानलाई नेपाली सेनाका प्रेम चौधरीले स्पिलिट डिसिजनको आधारमा पराजित गर्यो । त्यस्तै ७१ केजी तौल समुहमा भुपु बक्सिङ्ग क्लबका निशान गुरुङ्गलाई नेपाली सेनाका दान बहादुर दर्लामीले युनानिमस डिसिजनको आधारमा जित हासिल गरेको नेपाल बक्सिङ्ग महासंघका महासचिव मान बहादुर भण्डारीले बताए ।
सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा सञ्चालन हुन गइरहेको ओलम्पिक गेमस्को लागि पहिलो विश्व क्वालिफाङ्ग प्रतियोगिता २०२४ अप्रील २८ देखि मार्च १२ सम्म सञ्चालन हुनेछ ।

टिप्पणी लेख्नुहोस्