अक्सनमा कोएट्जीमाथी सबैभन्दा धेरै पैसा खर्च गरेपछि यस्तो बन्यो मुम्बई इन्डियन्स टोली
काठमाडौंँ । आइपिएल २०२४ को अक्सनमा मुम्बई इन्डियन्सले दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जीलाई महँगो मुल्यमा किनेको छ । एमआईले ५ करोडभारु मूल्य तिरेर कोएट्जीलाई आफ्नो टोलीमा समेटेको छ। कोएट्जीको बेस प्राइस २ करोड भारु थियो । यसबाहेक मुम्बईले श्रीलंकाका दिलशान मदुशङ्कालाई ४.६० करोडमा किनेको छ । हालै सम्पन्न एकदिवसीय विश्वकप २०२३ मा मदुशङ्का सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका थिए ।
यसबाहेक एमआईले श्रीलङ्काका बलर नुवान तुषारालाई ४.८० करोड खर्चेर आफ्नो क्याम्पमा सामेल गरेको छ । तुषाराको बेस प्राइस ५० लाख भारु थियो । मुम्बईले अक्सनमा कुल ८ खेलाडी किनेको छ, जसमा ४ यस्ता खेलाडी पनि छन जसलाई २० लाख भारुको बेस प्राइसमा किनिएको छ । अक्सन अघि मुम्बईले धेरै स्टार खेलाडीहरुलाई रिलिज गरेको थियो । यद्यपि, टोलीले लामो समयदेखि टोलीमा रहेका धेरै खेलाडीलाई रिटेन गरेको थियो । त्यस्तै, अक्सन अघि नै हार्दिक पाण्ड्याको रुपमा टिममा ठूलो परिवर्तन भएको थियो, जो क्यास डिलमा ट्रेडिङ गरेर मुम्बईसँग जोडिएका थिए । आइपीएल २०२४ का लागि मुम्बईको सम्पूर्ण टोली कस्तो छ, आउनुहोस् जानौं ।
मुम्बई इन्डियन्सले किनेका खेलाडीहरु : जेराल्ड कोएट्जी (५ करोडभारु), दिलशान मदुशङ्का (४.६० करोडभारु) श्रेयस गोपाल (२० लाखभारु), नमन धीर (२० लाखभारु), अंशुल कम्बोज (२० लाखभारु), नुवान तुषारा (४.८० करोडभारु), मोहम्मद नबी (१.५० करोडभारु) र शिवालिक शर्मा (२० लाखभारु) ।
मुम्बई इन्डियन्सले रिटेन गरेका खेलाडीहरु : रोमारियो शेफर्ड (ट्रेड), हार्दिक पाण्ड्या (ट्रेड), जेसन बेहरेनडोर्फ, आकाश माधवल, पियुष चावला, कुमार कार्तिकेय सिंह, जसप्रित बुमराह, नेहाल वढेरा, शम्स मुलानी, अर्जुन तेन्दुलकर, विष्णु विनोद, टिम डेभिड, तिलक वर्मा, इशान किशन, सूर्यकुमार यादव, डेवाल्ड ब्रेभिस र रोहित शर्मा ।
आइपीएल २०२४ का लागि मुम्बई इन्डियन्सको टोलीः आकाश माधवाल, अर्जुन तेन्दुलकर, क्यामरुन ग्रीन, डेवाल्ड ब्रेभिस, इशान किशन, जेसन बेहरेनडोर्फ, जसप्रित बुमराह, कुमार कार्तिकेय सिंह, तिलक वर्मा, नेहाल वढेरा, पियुष चावला, रोहित शर्मा, रोमारियो शेफर्ड (ट्रेड), शम्स मुलानी, सूर्यकुमार यादव, टिम डेभिड, विष्णु विनोद, हार्दिक पाण्ड्या (ट्रेड), जेराल्ड कोएट्जी, दिलशान मदुशंका, श्रेयस गोपाल, नमन धीर, अंशुल कम्बोज, नुवान तुषारा, मोहम्मद नबी र शिवालिक शर्मा।

टिप्पणी लेख्नुहोस्