लेख विवरण

दोस्रो एकदिवसीयमा दक्षिण अफ्रीकाले भारतलाई ८ विकेटले हरायो

दोस्रो एकदिवसीयमा दक्षिण अफ्रीकाले भारतलाई ८ विकेटले हरायो

काठमाडौंँ । दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले पराजित गरेको छ । अफ्रिकाका लागि टोनी डी जर्जीले ११९* रन को पारी खेल्दै टोलीलाई एकतर्फी जित दिलाए । दक्षिण अफ्रिकाले पहिले बलिङमा र त्यसपछि ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै एकतर्फी रुपमा खेल जित्यो । यो जितसँगै अफ्रिकाले सिरिजमा १–१ को बराबरी गरेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४६.२ ओभरमा अलआउट हुँदै २११ रनमा समेटियो । टस जितेर पहिले बलिङ गरेको दक्षिण अफ्रिकाले ४२.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अफ्रिकाका लागि टोनीबाहेक रिजा हेन्ड्रिक्सले ५२ रन बनाए । टोनी र हेन्ड्रिक्सले पहिलो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए ।

सेन्ट जर्ज पार्कमा भएको खेलमा पहिले बलिङ गरेको दक्षिण अफ्रिकाले भारतलाई २११ रनमा समेटेका थियो । भारतका लागि दोस्रो अन्तर्राष्ट्रिय खेल खेलिरहेका साई सुदर्शनले ७ चौका र १ छक्काको मद्दतमा ६२ रनको पारी खेले । त्यस्तै कप्तान केएल राहुलले ७ चौकासहित ५६ रन बनाए । यसबाहेक भारतीय टोलीका सबै ब्याट्सम्यान असफल साबित भए । अफ्रिकाका नान्द्रे बर्जरले सर्वाधिक ३ विकेट लिए ।

भारतीय टोलीका ब्याटरहरुले संघर्ष गरिरहेको पिचमा अफ्रिकी खेलाडीहरुले एकतर्फी रुपमा लक्ष्य पछ्याएका थिए । अफ्रिकाका लागि टोनी डी जर्जी र रीजा हेन्ड्रिक्सले १३० रनको साझेदारी गरेका थिए । जुन २८ औं ओभरमा हेन्ड्रिक्सको विकेटले तोडेको थियो । भारतका लागि अर्शदीप सिंहले पहिलो विकेट लिए । त्यसपछि तेस्रो नम्बरमा आएका रासी भान डेर डुसेनले ५ चौकाको मद्दतमा ३६ रन बनाउनुका साथै टोनी डी जर्जीसँग दोस्रो विकेटका लागि ८३ बलमा ७६ रनको साझेदारी गरे ।

अफ्रिकाका लागि नान्द्रे बर्जरले ३ विकेट लिए । यस क्रममा उनले १० ओभरमा ३० रन मात्र खर्चे । यस्तै केशव महाराज र बेरुन हेन्ड्रिक्सले समान २–२ विकेट लिए । लिजादे विलियम्स र कप्तान एडेन मार्करामले समान १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.