अक्सनमा ९ खेलाडी किनेपछि यस्तो बन्यो दिल्ली क्यापिटल्सको टोली
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल)को आगामी सिजनका लागि अक्सन सकिएको छ । आईपीएल २०२४ को अक्सनमा दिल्ली क्यापिटल्सले कुल ९ खेलाडी किनेको छ । दिल्लीले इंग्ल्याण्डका ह्यारी ब्रुकलाई ४ करोड र अष्ट्रेलियाका झाय रिचर्डसनलाई ५ करोडभारुमा किनेको छ । यसबाहेक दिल्लीले भारतीय अनक्याप्ड खेलाडी कुमार कुशाग्रालाई ७.२० करोडभारुमा किनेको छ ।
अक्सन सकिएपछि फ्रेन्चाइज निर्देशक सौरभ गांगुलीले भने, 'हामी हाम्रो टोलीसँग खुसी छौं । तर हामीले डेरिल मिचेललाई हाम्रो टोलीमा ल्याउन चाहन्थ्यौं।' कुमार कुशाग्रको बारेमा गांगुलीले भने 'यदि उनी धोनीको आधा भए पनि त्यो पर्याप्त छ ।' कुमार कुशाग्रा धोनीको शहरका हुन् र आक्रामक क्रिकेट खेल्नका लागि चिनिन्छन्।
दिल्ली क्यापिटल्सले अक्सनमा किनेका खेलाडीहरु : स्वस्तिक चिकारा (२० लाखभारु), शाई होप (७५ लाखभारु), सुमित कुमार (१ करोडभारु), झाइ रिचर्डसन (५ करोडभारु), रसिक सलाम (२० लाखभारु), कुमार कुशाग्रा (७.२० करोडभारु), रिकी भुई (२० लाखभारु), ट्रस्ट्टन स्टब्स (५० लाखभारु) र ह्यारी ब्रुक (४ करोडभारु) ।
दिल्लीले रिटेन गरेका खेलाडीहरु : मुकेश कुमार, इशान्त शर्मा, खलील अहमद, लुंगी एनगिडी, कुलदीप यादव, एनरिच नोर्टजे, विक्की ओस्टवाल, प्रवीण दुबे, अभिषेक पोरेल, यश धुल, पृथ्वी शाह, डेविड वार्नर, ऋषभ पन्त, मिचेल मार्श, ललित यादव र अक्षर पटेल ।
आइपीएल २०२४ का लागि दिल्ली क्यापिटल्सको टोली : स्वस्तिक चिकारा, शाई होप, सुमित कुमार, झये रिचर्डसन, रसिक सलाम, कुमार कुशाग्रा, रिकी भुई, ट्रस्टन स्टब्स, हयरी ब्रूक, मुकेश कुमार, इशान्त शर्मा, खलील अहमद, लुंगी एनगिडी, कुलदीप यादव, एनरिच नोर्तजे, विक्की ओस्टवाल, प्रवीण दुबे, अभिषेक पोरेल, यश धुल, पृथ्वी शाह, डेविड वार्नर, ऋषभ पंत, मिशेल मार्श, ललित यादव र अक्षर पटेल।

टिप्पणी लेख्नुहोस्