महिला टि-२० च्याम्पियनशीपको आयोजना मिती परिवर्तन
काठमाडौंँ । बिएमडब्लु स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा पौष १६ देखी हुने महिला टि-२० च्याम्पियनशीप प्रतियोगिताको मिती परिवर्तन भएको छ । नयाँ मिती अनुसार प्रतियोगिता पौष २० देखी २७ गतेसम्म आयोजना हुने भएको छ । प्रविधिक कारणले प्रतियोगिताको मिती परिवर्तन गर्नु परेको आयोजकले जनाएको छ ।
तल्लो मूलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता पहिले टि-२० र त्यसपछि तीन दिवसीय फरम्याट हुने भएको छ । टि-२० च्याम्पियनशीपमा उत्कृष्ट प्रर्दशन गर्ने ३० खेलाडीहरुलाई २ समुहमा विभाजन गरी तीन दिवसीय सिरीज आयोजना हुने आयोजक बिएमडब्लु स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
महिला टि-२० च्याम्पियनशीप राउन्ड रोबिन लिग प्रद्धती अनुसार खेलाइने छ । लिगको अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन । आइसीसीको नियम अनुसार खेलाइने प्रतियोगिताको उपाधि जित्ने टोलीले ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा बिएमड्ब्लु एजुकेसन कन्सलटेन्सी रहेको छ । त्यस्तै सपोर्टेड बाईमा बिएम चप्पल उद्योग र बालमती कृषि तथा पशु फर्म प्रा.ली. रहेको छ ।

टिप्पणी लेख्नुहोस्