लेख विवरण

यु–१९ राष्ट्रिय बास्केटबलमा बूढानीलकण्ठको जित

यु–१९ राष्ट्रिय बास्केटबलमा बूढानीलकण्ठको जित

काठमाडौंँ । बूढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित ग¥यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे ।

पुरुषमै गोल्डेन गेटले समृद्धिलाई ८९–३७, सीसीआरसीले ह्वाइटहाउसलाई ६८–५४, टाइम्सले रोयल्सलाई ७७–५५ र ग्रिनफिल्डले बौद्ध युथ क्लबलाई ८८–७३ ले हराए । गोल्डेन गेटका उर्गेन लामाले २०, सीसीआरसीका प्रनिशले १२, टाइम्सका सिमोनले २८ र ग्रिनफिल्डका अमृतले २२ अंक जोडे ।

महिलाको राउन्ड रोविन लिगमा आईएसए नेपालले जेभियर इन्टरनेसनललाई ४२–२६ ले सहजै पाखा लगायो । विजेताकी सन्ध्या डंगोलले १६ अंक जोडिन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.