लेख विवरण

फागुनमा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

फागुनमा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

काठमाडौंँ । पिकलबल संघ नेपालको आयोजनामा फागुनमा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ।

सातदोबाटो स्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको छ।

नेपालको २४ सहित भारत, थाइल्याण्ड, बेलायत, स्पेनका गरि १ सय २० खेलाडीको प्रतियोगितामा सहभागिता रहने बताइएको छ।

टोलीका व्यवस्थपक ज्याक्सन सुवेदीले ३ विधा एमेच्योर, इन्टरमेडिड, एडभान्समा महिला पुरूष १९ वर्ष, ३५ वर्ष माथि, ५० वर्ष र ६० वर्ष माथि अलग अलग प्रतिस्पर्धा हुनेछ।

महिला पुरुष सिगंल, डबल्स, मिक्स डबल्समा २ सय १६ पदकको लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा भाग लिने खेलाडीका लागि दर्ता खुला गरिएको‌ आयोजकले जानकारी दिएको छ।

संघका अध्यक्ष मुकुन्द (सौरभ) भण्डारीले पिकलबल नेपालमा‌ नयाँ खेल भएको बताए । ४ वर्ष अघि पिकलबल सुरु भएपनि‌ कोभिडका कारण सोचे जस्तो विस्तार गर्न नसकिएको जानकारी दिए । अध्यक्ष भण्डारीले भविष्यमा सगरमाथाको आधार शिविरमा प्रतियोगिताको‌ आयोजना गर्ने योजना रहेको बताए ।

पछिल्लो डेढ वर्षमा खेल्ने सय भन्दा बढि खेलाडी तयार भएको र भविष्यमा खेलाडी बढाउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले जानकारी दिए। पिकलबल सन् १९६५ मा अमेरिकामा सुरु भएको थियो।

टोलीका संयोजक फत्तेबहादुर खड्काले पिकलबलको विकासले पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास लिइएको बताए । विशाल मिलन केन्द्रका सचिव लक्ष्मण थापाले समुदायलाई जोड्न पिकलबल सहयोगी हुने विश्वास व्यक्त गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.