लेख विवरण

यु–१९ राष्ट्रिय बास्केटबलमा प्रिक्वाटरफाइनल पुग्ने टोलीको टुंगो

यु–१९ राष्ट्रिय बास्केटबलमा प्रिक्वाटरफाइनल पुग्ने टोलीको टुंगो

काठमाडौंँ । समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा प्रिक्वाटरफाइनल पुग्ने १६ टिमको शुक्रबार टुंगो लागेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा टाइम्स बास्केटबल क्लब, आईएसए नेपाल, गोल्डेन गेट बास्केटबल क्लब, एन्जल्स हार्ट कलेज, ग्रिनफिल्ड कलेज, बूढानीलकण्ठ बास्केटबल क्लब, सीसीआरसी कलेज, कीर्तिपुर बास्केटबल क्लब, समृद्धि स्कुल, ट्रिनिटी कलेज, रोयल बास्केटबल एकेडेमी, स्नोल्यान्ड बास्केटबल एकेडेमी, ह्वाइटहाउस कलेज, योद्धा बास्केटबल क्लब, टाइमआउट नेपाल र भ्याली पब्लिकले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा आईएस नेपाल र बूढानीलकण्ठले जित हात पारे । राउन्ड रोविन लिगमा आईएसए नेपालले गोल्डेन गेटलाई ५४–२४ तथा बूढानीलकण्ठले भ्याली पब्लिकलाई ४५–१९ ले पराजित गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.