मध्य क्षेत्रीय बास्केटबल : एआईएको मिश्रित प्रदर्शन
काठमाडौंँ । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए)ले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शुक्रबार मिश्रित प्रदर्शन गरेको छ ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको एआईए जुनियर ब्वाइजमा भने पराजित भयो । सिनियर ब्वाइजमा एआईएले लिभरपुललाई २२–१० ले पराजित ग¥यो । जुनियर ब्वाइजमा स्वप्नवाटिकाले एआईएलाई १८–११ ले हरायो ।
सिनियर ब्वाइजमा स्पाङगलले एसियन पब्लिकलाई २४–११ तथा काठमाडौं जेभियरले स्वप्नवाटिकालाई १९–१४ ले पाखा लगायो ।
जुनियर ब्वाइजमा सूर्योदयले लिभरपुललाई २४–४, काठमाडौं जेभियरले लिटिल फ्लावरलाई २८–१४ र भद्रघलेलाई १८–८, इनोभेटिभले हेम्सलाई १६–१०, सनसाइनले केइएसलाई २०–६, चैतण्यले अक्षरलाई २०–१५ तथा स्पाङगलले अल्वर्टलाई १७–२ ले पन्छाए ।
सिनियर गल्र्समा भद्रघलेले केइएसलाई ११–७, श्रृजनशीलले स्पाङगललाई ६–३ र सनसाइनले अल्वर्टलाई १९–२ ले निराश पारे ।
प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच उद्घाटन गरे । आयोजक समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जनाएका छन् । सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताका खेलहरु मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित एआईएको कोर्टमा भइरहेको छ । नकआउट चरणका सम्पूर्ण खेलहरु भने एआईएमा खेलाइने छ ।

टिप्पणी लेख्नुहोस्