किरात राई यायोख्खाको यूवा खेलकूद, संगित तथा साहित्य विभागले हङकङमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै
हङकङ । किरात राई यायोख्खा हङकङ यूवा खेलकूद, संगित तथा साहित्य विभागले तेस्रो अन्तर भाषिक ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यहि डिसेम्बर २४ आईतबारका दिन काउलुन स्पोर्ट सेन्टरको कबर्ड हलमा आयोजना हुने भएको छ ।
प्रतियोगितामा राईहरू को ८ वटा भाषिक संस्थाहरूले सहभागिता जनाउने भएका छन । पुरूष डबल्स समुह 'ए' मा ५ 'बी' मा ९ टोलीको साथै मिक्स डबल्स ९ मा टोली गरी प्रतियोगितामा कुल २३ टिम को सहभागिता रहेने छ ।
प्रतियोगिता आयोजनाको मुल उदेश्य एक आपसमा भाईचारा सम्बन्र्ध विकास गर्ने र क्रिशमसको बिदालाई सदुपयोग गर्ने तथा समग्र हङकङको ब्याडमिन्टन खेलाडीहरू लाई हौसला प्रदान गर्न रहेको आयोजकले जनाएको छ । साथै निकट भविष्यमा राईहरूमा मात्र नभए र खुल्ला रुपमा पनि प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको प्रतियोगिता संयोजक हेमराज राईले बताए ।
प्रतियोगिताको संयोजकमा हेमराज राई तथा यूवा खेलकुद संगीत तथा साहित्य बिभाग प्रमुख गंगाराम राई रहेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा लिङमा कन्ट्रकसन कम्पनी रहेको छ । साथै विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरुले पनि यो प्रतियोगितालाई सहयोग गरेको अर्का संयोजक गंगाराम राईले बताए ।

टिप्पणी लेख्नुहोस्