लेख विवरण

चितवनमा तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

चितवनमा तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौंँ । चितवनमा तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा यही पुस ७ र ८ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता हुन लागेको हो । यसअघि पहिलो र दोस्रो संस्करण काठमाडौँमा भएको थियो । प्रतियोगितामा सातै प्रदेशका विभागीय टोलीको सहभागिता रहने बिहीवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा स्वर्णपदक लिएका खेलाडी सहभागी हुन पाउने छैनन् । नयाँ प्रतिभालाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई खेलमा सहभागी नगराउने निर्णय गरिएको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिए । दुर्गम जिल्लाका खेलाडीलाई प्रोत्साहन दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

प्रतियोगितामा २० केजीदेखि ८० केजी तौलसम्मका खेलाडीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता तौलका आधारमा सञ्चालन गरिने उनले जानकारी दिए । ६५ डोजाङको उपस्थिति रहेने प्रतियोगितामा ३७ पदक रहेको उनले बताए । प्रतियोगितामा फाइटर टपरतर्फ प्रथम पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार रहेको छ ।

यस्तै पुम्से तर्फ प्रथम पुरस्कार रु बीस हजार द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार तोकिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.