लेख विवरण

प्रधानमन्त्री कप जिल्ला छनोट : भादगाँउ र रोबुस्ट क्रिकेट क्लब विजयी

प्रधानमन्त्री कप जिल्ला छनोट : भादगाँउ र रोबुस्ट क्रिकेट क्लब विजयी

भक्तपुर । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत भक्तपुर जिल्ला छनोट खेलमा भादगाँउ र रोबुस्ट क्रिकेट क्लब विजयी छन् । आज भएको पहिलो खेलमा भादगाँउ क्रिकेट क्लबले इन्चो पासा क्रिकेट क्लबलाई १२ रनले पराजित गरेको छ । भादगाँउको जितमा गौरभ पौडेलले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ७७ रनको योगदान दिए । ६३ बलको सामना गर्ने क्रममा उनले ८ चौंका र ५ छक्का प्रहार गरे । त्यस्तै दिपेश न्यौपानेले १४ र विज्ञान गौतमले अविजित १६ रन बनाए । भादगाँउले निर्धारित २५ ओरभको खेलमा ८ विकेट गुमाउदै १ सय ६१ रन बनायो । लक्ष्य पछ्याएको रोबुस्टले २५ ओभरमा ५ विकेट गुमाउदै १ सय ४९ रन मात्र बनायो ।

रोबुस्टका लागि सागर घिमिरेले अविजित ५७ रन बनाए । सागर कटवाल (१४), दिपेश पाण्डे (२४), हेमन्त सिंह (१०) र विज्ञान गौतमले अविजित १५ रन बनाए । भादगाँउका लागि विज्ञान गौतम, दिपक आचार्य, अनबर नदाफ र सुमन बुढा मगरले समान १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच भादगाँउका गौरभ पौडेल भए ।

प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा रोबुस्ट क्रिकेट क्लबले सिइसी भक्तपुरलाई ९ विकेटले पराजित गर्यो । त्यस्तै हिजो भएको खेलमा भक्तपुर क्रिकेट क्लबले रोबुस्टलाई र ख्वापा क्रिकेट टिमले पासा सिटीलाई पराजित गरेको थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.