लेख विवरण

प्रधानमन्त्री कप जिल्ला छनोट : हिमालयन स्पोर्टसले पासा क्रिकेट टिमलाई १ सय २४ रनले हरायो

प्रधानमन्त्री कप जिल्ला छनोट : हिमालयन स्पोर्टसले पासा क्रिकेट टिमलाई १ सय २४ रनले हरायो

भक्तपुर । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत भक्तपुर जिल्ला छनोट खेलमा हिमालयन स्पोर्टसले पासा क्रिकेट टिमलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको हिमालयनले २४ ओभरमा अलआउट हुँदै २ सय २५ रन बनाएकाृ थियो । टोलीका लागि सुरज कामीले २३ बलमा ५१ रनको आक्रमक अर्धसतकीय पारी खेले । यस क्रममा उनले ९ चौंका र २ छक्का प्रहार गरे । त्यस्तै जिवन कार्किले पनि ४ चौंका र ३ छक्काको मद्दतमा २४ बलमा ४४ रनको आक्रमक पारी खेले । अन्य खेलाडीहरुमा कृष कार्कि (२८), हर्ष भण्डारी (१५), अमित गुप्ता (१०) र राजु ढकालले (९) रन बनाए । पासाका लागि बलिङमा अवेसम थापा मगरले ४ तथा सक्षम जोन्ची, पंकज शर्मा र प्रज्वल खड्काले समान २-२ विकेट लिए ।

लक्ष्य पछ्याएको पासा क्रिकेट टोली १९.६ ओभरमा १०१ रन बनाउदै अलआउट भयो । टोलीका लागि विकास यादवले (३१) र पंकज शर्माले (११) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । हिमालयनका लागि हर्ष भण्डारीले (३) तथा प्रकाश थापाले (२) विकेट लिए । कृष कार्कि, प्रवन्जय केसी, मुकुन्द नारायण झा, जर्सैद अन्सारी र राजु ढकालले समान १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच हिमालयनका सुरज कामी भए ।

 

प्रधानमन्त्री कप जिल्ला छनोट : हिमालयन स्पोर्टसले पासा क्रिकेट टिमलाई १ सय २४ रनले हरायो

टिप्पणी लेख्नुहोस्

Please Login to comment.