लेख विवरण

बीएनए र एचएचसीएलाई सफलता

बीएनए र एचएचसीएलाई सफलता

काठमाडौंँ । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र एचएचसीएले १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सफलता पाएका छन् ।

हात्तीगौडास्थित आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए)को आयोजनामा जारी प्रतियोगितामा बीएनएले हिरश्मिलाई १२–३ ले पराजित ग¥यो । बीएनएकी स्मृति खत्रीले ७ अंक जोडिन् । एचएचसीएले हिमालयलाई ३६–६ ले सहजै हरायो । एचएचसीएकी सोरा घलेले ९ स्कोर गरिन् ।

सिनियर गर्ल्समै भ्याली पब्लिकले स्किब्सलाई २६–१० तथा मन्जरीले ग्रिनल्यान्डलाई १९–१८ ले पाखा लगाए । भ्याली पब्लिककी लोरिशा गौचन तथा मन्जरीकी न्यादिरा गुरुङले समान ८–८ अंक बटुले ।

सिनियर ब्वाइजमा विल्सन एकेडेमीले मन्जरीलाई ३९–१३, निम्सले काठमाडौं भ्यालीलाई ४१–३८, ग्रिनल्यान्डले नेसनल युनाइटेडलाई ३९–२५ र भ्याली पब्लिकले एचएचसीएलाई ५४–३१ ले पन्छाए । विल्सनका अनुप मगरले १०, निम्सका फुर्वा तामाङले १७, ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ र भ्याली पब्लिकका सुनिल पौडेलले २८ अंक जोडे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.