लेख विवरण

बूढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा

बूढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा

काठमाडौंँ । बूढानीलकण्ठ र गोल्डेन गेट समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले टाइम्सलाई ८१–७८ ले पराजित ग¥यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले ४१ अंक जोडे । गोल्डेन गेटले सीसीआरसीलाई १०५–१०२ ले हरायो । गोल्डेन गेटका नोकेश मगरले ४० स्कोर गरे ।

गर्ल्समा बूढानीलकण्ठ र आईएसए नेपालले उपाधि भिडन्त पक्का गरिसकेका छन् । समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मंगलबार हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.