लेख विवरण

प्रधानमन्त्री कप छनोट प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

प्रधानमन्त्री कप छनोट प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

हेटौडा । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट अन्तर्गत बागमती प्रदेश स्तरिय छनोट प्रतियोगिताका लागि क्रिकेट संघ मकवानपुर (क्याम)ले १४ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व नियमित कप्तान सुमन सुनारले गर्ने भएका छन । क्यामले पौष ७ देखी १२ गतेसम्म आयोजना गरेको जिल्ला स्तरिय छनोट प्रतियोगितामा उत्कृष्ट गर्ने खेलाडीहरुलाई समेटेर टोली घोषणा गरेको हो ।

प्रधानमन्त्री कप बागमती प्रदेश स्तरिय छनोट प्रतियोगिता पौष १७ देखी चितवन र काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगितामा मकवानपुर, चितवन, नुवाकोट, काठमाडौं, ललितपुर, झत्तपुर र त्रिभुवन विश्व विद्यालयको टोलीले सहभागिता जनाउने भएका छन । प्रतियोगिताको समुह ए मा काठमाडौं, ललितपुर, भक्तपुर र टियु रहेका छन भने समुह बी मा मकवानपुर, चितवन र नुवाकोट रहेका छन् । समुह ए का खेलहरु काठमाडौंको तल्लो मुलपानि मैदानमा र बी का खेलहरु चितवनको गौतम बुद्ध रंगशालाको नमुना मैदानमा हुनेछ ।

मकवानपुर जिल्लाले आफ्नो पहिलो खेल पौष १८ मा चितवनसँग खेल्ने छ भने दोस्रो खेल पौष १९ मा नुवाकोट विरुद्ध खेल्ने छ । समुहमा पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनल र फाइनल खेल माथिल्लो मुलपानि मैदानमा हुने आयोजक बागमती प्रदेश क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा उतकृष्ट गर्ने खेलाडीहरुलाई समेटेर बागमती प्रदेशको क्रिकेट टोली निर्माण हुनेछ जसले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको नेतृत्व गर्नेछ ।

छनोट प्रतियोगिताका लागि मकवानपुरको टोली : सुमन सुनार, गौरभ खड्का (विकेट किपर), शुभ कंसाकार, तक्षक सिम्खडा, विशाल फुयाल, रिजन ढकाल, राम नरेश गिरी, अशिम श्रेष्ठ, समिर चौलागाई, पियुस शर्मा, साकार गजुरेल, सक्षम बस्ताकोटी, गोकुल अधिकारी र इरफान अली ।

अतिरिक्त खेलाडीहरु : सुर्वण भट्ट, अहमद राजा, रोहित ठाकुर र आस्तिक दाहाल ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.