लेख विवरण

ज्ञान संस्कार खेलकुद सप्ताहमा लसित र उपमा उत्कृष्ट

ज्ञान संस्कार खेलकुद सप्ताहमा लसित र उपमा उत्कृष्ट

काठमाडौंँ । ज्ञान संस्कार खेलकुद सप्ताहको ब्वाइजमा लसित तुलाधर र गर्ल्समा उपमा आचार्य उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले समान ४–४ पदक जिते ।

ताराबोला हाउसले वर्षको उत्कृष्ट हाउस अफ दि एयरको अवार्ड जित्यो । बेस्ट पिरामिड अवार्ड प्रिजम हाउसले पायो । त्यस्तै एलिट हाउस मार्च पास्टमा उत्कृष्ट बन्यो ।

खेलकुद सप्ताहमा स्केटिङ, थ्री बाइ थ्री बास्केटबल, एथलेटिक्स, फन गेम्सलगायतको प्रतिस्पर्धा भएको थियो । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ज्ञान संस्कार स्कुलकी प्रिन्सिपल निलम बानियाँ बडूलगायतले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.