लेख विवरण

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई टीआईए कप

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई टीआईए कप

काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिकले १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज तथा भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बने ।

हात्तीगौडास्थित ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए)को कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले एचएचसीएलाई ४०–३४ ले पराजित ग¥यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले २२ अंक जोडे । भ्याली पब्लिकले निम्सलाई ५५–३२ ले हराउदै तेश्रो भयो । भ्याली पब्लिकका अनिमेश अधिकारीले १३ अंक जोडे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले निम्सलाई ४९–२४ ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले २६ अंक जोडिन् । एनसीसीएसले बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० लाई १९–१३ ले पाखा लगाउदै तेश्रो भयो । एनसीसीएसकी दिभा महर्जनले ८ स्कोर गरिन् ।

ब्वाइजमा ग्रिनल्यान्डका आशुतोष केसी तथा गर्ल्समा भ्याली पब्लिककी मुस्कान गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा एचएचसीएका दिशान राई तथा गर्ल्समा निम्सकी टीना लिम्बू प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । दिशानले ७८ तथा टीनाले ३७ स्कोर गरे ।

विजेतालाई बूढानीकलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामा, टीआईएका प्रिन्सिपल उत्तमराज थापा, टीआईएका लेखा प्रमुख अशोक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा टीआईएकी पूर्व विद्यार्थी एवं बास्केटबल खेलाडी रिन्चेन मोक्तानलाई सम्मान गरिएको थियो । रिन्चेनले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा सहभागिता जनाएकी थिइन् ।

प्रिन्सिपल थापाले टीआईएका संस्थापक अध्यक्ष ठुङरम ज्ञालत्रुल रिन्पोचे शेर्पाको निर्देशनमा प्रतियोगिता व्यवस्थित र सफलतापूवर्क सम्पन्न भएको बताउदै सहयोगी सबैपति आभार प्रकट गरे ।

नौदिने प्रतियोगिताको ब्वाइजमा १४ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको टीआईएका बास्केटबल प्रशिक्षक केदार बुढाथोकीले जनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.