लेख विवरण

हेटौडा कप हक्की प्रतियोगिताको उपाधि भिमदत्तलाई

हेटौडा कप हक्की प्रतियोगिताको उपाधि भिमदत्तलाई

हेटौडा । हेटौडामा सम्पन्न हेटौडा कप अन्तर नगरपालिका राष्ट्रिय हक्की प्रतियोगता (फाइव ए साइड) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । शनीवार सम्पन्न फाइनलमा बिर्तामोड नगरलालिकालाई २-१ गोलले पराजित गर्दै भिमदत्तले उपाधि जितेको हो । त्यस्तै प्रतियोगितामा हुम्लाको सिमिकोट गाँउपालिका तेस्रो भएको छ ।

पौष १२ देखी १४ सम्म आयोजना भएको प्रतियोगितामा नेपाल भरिका विभिन्न ८ नगरपालिका तथा पालिकाका टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ३० हजार, उपविजेताले १५ हजार तथा तेस्रो भएको टोलीले १० हजार पुरस्कार प्राप्त गरेका छन ।

त्यस्तै प्रतियोगितामा प्लेयर अफ टुर्नामेन्टको उपाधि बिर्तामोडका प्रदिप राजबंशीले जित्न सफल भए । हेटौडाका सुमन अछामीले इमर्जिङ प्लेयर, भिमदत्तका राजेन्द्र कार्किले बेस्ट प्लेयर, म्यान अफ द म्याच फाइनल भिमदत्तका देब सिंह धामी, बेस्ट गोल किपर भिमदत्तका हरिदत्त पाण्डे र वेस्ट कोचको उपाधि भिमदत्तका अनिल साह हुन सफल भए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.