लेख विवरण

चौथो राष्ट्रिय वादोरियो कराते हुने

चौथो राष्ट्रिय वादोरियो कराते हुने

काठमाडौंँ । नेपाल वादोरियो कराते डो संघको आयोजनामा यहि पुस २७ र २८ गते चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने भएको छ ।

विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो कराते प्रतियोगिताको चौथो संस्करणमा पुरुष र महिलामा एकल र कातासहित समान ६/६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराए ।

पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, खुल्ला तौल समुह र एकल काता इभेन्ट्स छन् । त्यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुल्ला तौल र एकल काता रहेका छन् ।

प्रतियोगितामा सात प्रदेशको सहभागिता रहने छ । प्रत्येक प्रदेशबाट हरेक तौलमा छानिएका एक जना खेलाडी मात्र सहभागी हुने छन् । जस अनुसार एक प्रदेशबाट एक तौलसमूहमा समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना ब्यवस्थापक र रेफ्री रहने छन् ।

प्रतियोगितामा पदक जित्ने खेलाडी, टिम च्याम्पियन प्रथम, द्वितीय, तृतीय, बेष्ट फाईटर पुरुष र महिला सबैलाई नगद पुरस्कारको ब्यवस्था गरेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताए ।

प्रतियोगितामा सहभागी हुने सातवटै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आयोजकका अनुसार सहभागी खेलाडीको विमा पनि गरिएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धरास्थित यति पार्टी प्यालेसमा हुनेछ । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष पुरुषोत्तम भण्डारी, नेपाल सोतोकान कराते संघका अध्यक्ष श्याम शेर्पालगायतको उपस्थिति थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.