लेख विवरण

किक बक्सिङका तीन खेलाडी सम्मानित

किक बक्सिङका तीन खेलाडी सम्मानित

काठमाडौं । काठमाडौं जिल्ला किक बक्सिङ संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

थाइल्यान्डको बैंककमा भएको एसियाली किक बक्सिङ च्याम्पियसिपमा कांस्य जितेका देवान्स श्रेष्ठ, भारतमा भएको अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता किशोर कार्की तथा गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका सागर दर्जी सम्मानित भएका हुन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाल किक बक्सिङ संघ अध्यक्ष लोकेन्द्र कार्कीलगायतले खेलाडीलाई जनही २५ हजार र प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सो अवसरमा नेपालमा किक बक्सिङको विकास र विस्तारमा योगदान पु¥याएकोमा अध्यक्ष कार्कीलाई पनि सम्मान गरिएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.