लेख विवरण

भारतविरुद्धको टी–२० सिरिजका लागि अफगानि टोली घोषणा

भारतविरुद्धको टी–२० सिरिजका लागि अफगानि टोली घोषणा

काठमाडौंँ । भारत र अफगानिस्तानबीच तीन खेलको टी–२० सिरिज जनवरी ११ बाट सुरु हुँदैछ । यसका लागि अफगानिस्तान क्रिकेटले १९ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कमाण्ड इब्राहिम जाद्रानलाई दिइएको छ । सिरिजका लागि भारतले अहिलेसम्म आफ्नो टोली घोषणा गरेको छैन ।

अफगानिस्तानका अनुभवी तथा विश्वका सबैभन्दा खतरनाक टी–२० बलरमध्येका एक लेग स्पिनर राशिद खानलाई भारतविरुद्ध जनवरी ११ देखि मोहालीमा सुरु हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि अफगानिस्तानको १९ सदस्यीय टोलीमा समावेश गरिएको छ । राशिदले अफगानिस्तानका लागि यो फर्म्याटमा अहिलेसम्म ८२ म्याच खेलेका छन् । यी खेलमा उनले १ सय ३० विकेट लिएका छन् ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, "टिममा भए पनि देशका नियमित टी(२० कप्तान राशिद मैदानमा आउने सम्भावना कम छ। हालै गरिएको ढाडको शल्यक्रियाबाट उनी निको भइरहेका छन् ।" हालै युएई विरुद्ध तीन खेलको टी–२० सिरिजमा टिम बाहिर रहेका मुजिब उर रहमान टिममा फर्किएका छन् । युएई विरुद्ध रिजर्भमा रहेका इक्रम अलीखिल ब्याकअप विकेटकिपर ब्याट्सम्यानको रुपमा मुख्य टोलीमा परेका छन् ।

अफगानिस्तानको टोलीः इब्राहिम जदरान (कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकीपर), इकराम अलिखिल (विकेटकीपर), हजरतुल्लाह जजई, रहमत शाह, नजीबुल्लाह जदरान, मोहम्मद नबी, करीम जनत, अजमुल्लाह उमरजई, शराफुद्दीन अशरफ, मुजीब उर रहमान, फजल हक फारूकी, फरीद अहमद, नवीन उल हक, नूर अहमद, मोहम्मद सलीम, क्यास अहमद, गुलबदीन नायब र राशिद खान ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.