लेख विवरण

पदक विजेता खेलाडीलाई टोखा नगरपालिकाको सम्मान

पदक विजेता खेलाडीलाई टोखा नगरपालिकाको सम्मान

काठमाडौंँ । भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई टोखा नगरपालिकाले शनिबार सम्मान गरेको छ ।

टोखा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको समापन कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उप मेयर मुरारी तामाङ, प्रशासकीय अधिकृत शेरबहादुर विसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, टोखा नगर प्याब्सनका अध्यक्ष टंककुमार चापागाईंलगायतले सम्मान गरे । गत डिसेम्बरको तेश्रो साता भएको प्रतियोगितामा डोजाङका खेलाडीले ४ स्वर्ण, ३ रजत र ४ कांस्य जितेका थिए ।

पुरुष ४५ केजीमुनि वृजेश रायमाझी, ३२ केजीमुनि रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि सुजित कार्कीले स्वर्ण जितेका थिए । आभास डिओले पुरुष ३२ केजीमुनि र एकल पुम्सेमा गरी दुई रजत जिते भने ३७ केजीमुनि सोहन तामाङले रजत हात पारेका थिए ।

पुरुष ४१ केजीमुनि क्षितिज घले, ५५ केजीमुनि अशिम घिमिरे, ३५ केजीमुनि दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले कांस्य प्राप्त गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.