बंगलादेशका कप्तान शकिबल हसनले जिते संसदीय चुनाव
काठमाडौंँ । बंगलादेश क्रिकेट टिमका कप्तान शाकिब अल हसनले संसदीय चुनावमा भारी मतान्तरले जित हासिल गरेका छन् । उनले बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका थिए । शाकिबले मागुराको पश्चिमी शहरको संसदीय सीटबाट चुनाव लडेका थिए, जहाँ उनले लगभग १.५ लाख मतको विशाल अन्तरले जितेका छन् ।
शाकिब केही समयअघि राजनीतिमा आएका थिए । मागुरा–१ बाट अवामी लिग पार्टीका तर्फबाट चुनाव लडेका उनले १ लाख ८५ हजार ३ सय ८८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी काजी रेजाउल हुसेनले ४५ हजार ९ सय ९३ मत प्राप्त गरे । शाकिब प्राय आफ्नो रिसका कारण चर्चामा आउने गरेका छन् । विशेषगरी क्रिकेट को मैदानमा। केही वर्षअघि ढाका प्रिमियर लिगका क्रममा अम्पायरमाथि हातपात गरेको भन्दै उनलाई बंगलादेश क्रिकेट बोर्डले निलम्बन समेत गरेको थियो ।

टिप्पणी लेख्नुहोस्