ललितपुर जिल्ला टेबलटेनिसमा आशिष
काठमाडौंँ । ललितपुर जिल्ला टेबलटेनिस संघको साधारण सभाले आशिष अवालेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति सोमबार चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा राजीव जोशी, सचिवमा निकेनमान प्रधान र कोषाध्यक्षमा सुमन शाक्य रहेका छन् ।
सदस्यमा संघरत्न डंगोल, सन्जु अवाले र विक्रम श्रेष्ठ छन् ।

टिप्पणी लेख्नुहोस्