लेख विवरण

कुसुन्ती मेयर कपको खेल तालिका सार्वजनिक

कुसुन्ती मेयर कपको खेल तालिका सार्वजनिक

काठमाडौंँ । कुसुन्ती युवा क्लबको आयोजनामा मंगलवारबाट हुने कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शनिवार निकालिएको ड्र अनुसार प्रतियोगिताको पहिलो खेलमा आयोजक कुसुन्ती 'ए' र हिलसाइड फुटबल क्लब भिड्ने भएका छन् ।

प्रतियोगितामा कुल ३२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्ने भएका छन् ।

चालिस वर्षभन्दा बढी उमेरका व्यक्तिहरु सहभागी प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.