लेख विवरण

हेनरिक क्लासेनले लिए टेस्ट क्रिकेटबाट सन्यास

हेनरिक क्लासेनले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौंँ । दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले एकदिवसीय र टी–२० खेल लाई निरन्तरता दिनेछन् । क्लासेनले दक्षिण अफ्रिकाका लागि चार टेस्ट मात्र खेलेका छन् । उनले सन् २०१९ मा भारतविरुद्ध राँचीमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।

हेनरिक यस वर्षको सुरुमा टेस्ट क्रिकेटबाट सन्यास लिने दोस्रो दक्षिण अफ्रिकी क्रिकेटर हुन् । त्यसअघि डीन एल्गरले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । उनले आफ्नो अन्तिम टेस्ट जनवरी ३ मा भारतविरुद्ध खेलेका थिए।

हेनरिकले इन्स्टाग्राम मार्फत आफ्नो सन्यासको घोषणा गरे। उनले लेखेका छन्, "मैले रातो बल (टेस्ट) क्रिकेटबाट सन्यासको घोषणा गरेको छु । मलाई यो ढाँचा मनपर्छ। यसबाट अवकाश लिन सजिलो थिएन । म धेरै रातसम्म निदाउन सकिनँ। यस विषयमा धेरै सोचविचार गरेपछि मैले सन्यासको घोषणा गरेको छु । मैले मैदानभित्र र बाहिर धेरै कुराको सामना गरें। जसले मलाई क्रिकेटर बनायो । यो एक उत्कृष्ट टेस्ट म्याच थियो र म खुसी छु कि मैले मेरो देशको प्रतिनिधित्व गर्न सकें।"

क्लासेनले एकदिवसीय र टी–२० खेल्ने बताएका छन् । उनी हाल दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीका सदस्य हुन् । क्लासेनले अफ्रिकाका लागि हालसम्म ५४ एकदिवसीय र ४३ टी–२० म्याच खेलेका छन् । यस अवधिमा उनले ५० एकदिवसीय इनिङमा ४०.०७ को औसतमा १ हजार ७ सय २३ रन बनाएका छन् भने टी–२० को ३९ इनिङमा २२.५६ को औसतमा ७ सय २२ रन बनाएका छन् । क्लासेनले एकदिवसीयमा चार शतक र छ अर्धशतक तथा टी–२० मा चार अर्धशतक बनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.