जिम्बावेमाथी श्रीलंकाको रोमाञ्चक जित, सतक बनाउनबाट चुके जानिथ
काठमाडौंँ । श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा जिम्बाब्वेलाई २ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । आफ्नो करियरको दोस्रो एकदिवसीय खेल खेलिरहेका जेनिथ लियानागे शतक बनाउनबाट चुके । तर, उनको ९५ रनको पारीको मद्दतमा श्रीलङ्काले २ विकेटको रोमाञ्चक जित हात पार्यो ।
कोलम्बोको आर प्रेमदासा स्टेडियममा भएको सिरिजको दोस्रो खेलमा जिम्बाब्वेका कप्तान क्रेग इरविनलेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । इरविनले १०२ बलमा ९ चौका र १ छक्काको मद्दतमा ८२ रन बनाए । जिम्बाब्वे ४४.४ ओभरमा २०८ रन बनाउदै अलआउट भयो । बलिङतर्फ श्रीलङ्काका महेश थेक्षनाले ३१ रन खर्चेर ४ विकेट लिए । दुष्मंता चमीरा र जेफरी हेन्डरसेले समान २–२ विकेट लिए ।
श्रीलंकाले १ ओभर बाँकी छँदै ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका जानिथ लियानागेले अर्धशतकीय पारी खेल्दै टोलीको जितमा ठूलो योगदान दिए । उनले १ सय २७ बलमा ६ चौका र २ छक्काप्रहार गर्दै ९५ रन बनाए । उनले आफ्नो करियरको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेले । चमीरा १८ र भान्डरसे १९ रनमा अविजित रहे । जिम्बाब्वेका लागि रिचार्ड नगाराभाले ३२ रन खर्चेर ५ विकेट लिए । अब सिरिजको तेस्रो तथा अन्तिम एकदिवसीय खेल बिहीबार जनवरी ११ मा कोलम्बोको सोही मैदानमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्