लेख विवरण

एसकेबीसी तेक्वान्दो भोलिदेखि

एसकेबीसी तेक्वान्दो भोलिदेखि

काठमाडौं । एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) को संयुक्त आयोजनामा प्रथम एककेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी जम्मा ४० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रन्जितबहादुर डगौराले जनाएका छन् । प्रतियोगितामा ५ सय खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगिताको टिम च्याम्पियनले १५ हजार, उपविजेताले १० र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.