लेख विवरण

तालिम प्रयोजनार्थ एपीएफलाई हक्की सामाग्री

तालिम प्रयोजनार्थ एपीएफलाई हक्की सामाग्री

काठमाडौंँ । नेपाल हक्की संघले सशस्त्र प्रहरी बल नेपाल (बिशेष कार्यदल) बंगलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ । साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ ।

कार्यदलका प्रमुख एसपी समिककुमार महर्जनलाई संघका अध्यक्ष अनिलप्रसाद शर्माले उक्त सामग्री प्रदान गरे । नेपालमा हक्की खेलको विकासका लागि संघले एपीएफमा पनि विभागीय टिम बनाउने उद्देश्य राखी नियमित तालिम पनि दिने लागेको हो । विभिन्न विद्यालयसंग पनि सहकार्य गरी खेलाडी उत्पादन गर्ने उदेश्य रहेको हक्की संघले जनाएको छ ।

कार्यक्रममा संघको तर्फ बाट अध्यक्ष अनिलप्रसाद शर्मा, महासचिब सुवर्ण श्रेष्ठ, सचिब असिम शर्मा, सदस्य पवन कुमार केसी साथै प्रमुख प्रशिक्षक बिजयन्त शर्मा प्रशिक्षकहरु रञ्जन थापा, बाबुराम नेपाल र अश्विनी अधिकारीलगायतको उपस्थिति रहेको थियो भने कार्यदल बाट बिभिन्न तहका अधिकारीलगायत प्रशिक्षणका लागि करिब २५ जनाको उपस्थिति रहेको हक्की संघले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.