नेपालगंज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता माघ ११ देखी
काठमाडौंँ । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा प्रथम नेपालगंज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । माघ ११ देखी १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल भरिबाट करिब १ सय ५० खेलाडीले सहभागिता जनाउने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
तिन दिनसम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल र ४५ वर्ष माथिको भेट्रान्स डबल्स गरि ५ विधामा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितालाई स्वच्छ तथा प्रभावकारी ढंगबाट संचालन गराउन राष्ट्रिय स्तरका रेफ्रि तथा अम्पायरहरुबाट आउने आयोजकले जनाएको छ ।
प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रर्वद्धक रहेको प्रतियोगितामा विजेता हुनेहरुलाई प्रमाण पत्र सहित नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता बारे आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव प्रकाश भट्टराइले नेपालको परिपेक्षमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी खेल्ने खेल ब्याडमिन्टन भएको बताए । त्यसका लागि उनले ब्याडमिन्टन खेलको विकास र विस्तारका लागि प्रदेश खेलकुदले राष्ट्रिय स्तरको प्रतियोगिता गरिदिने जमरको गरेको बताए । साथै उनले लुम्बिनी प्रदेशलाई ब्याडमिन्टन खेलको हब बनाउने आफ्नो सोच रहेको बताए ।
बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष संजय थापाले जिल्लामा पछिल्ला बर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुँदै गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

टिप्पणी लेख्नुहोस्