लेख विवरण

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : मधेश प्रदेशको टोली घोषणा

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : मधेश प्रदेशको टोली घोषणा

जनकपुर । शनिबार देखी काठमाडौंको टियु, मुलपानी र भैरहवाको सिद्धार्थ रंगशालामा हुने प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले १४ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व नियमित कप्तान हरि शंकर साहले गर्ने भएका छन् ।

टोलीमा साहसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु अनिल साह र पवन सर्राफ रहेका छन । त्यस्तै यू १६ राष्ट्रिय टोलीका कप्तान अभिषेक तिवारी र मयन यादवले पनि मधेश प्रदेशको सिनियर टोलीमा स्थान बनाएका छन् ।

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता पौष २८ देखी माघ १९ सम्म काठमाडौंको टियु, मुलपानी र भैरहवाको सिद्धार्थ रंगशालामा आयोजना हुँदैछ । राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा ७ प्रदेशसँगै ३ बिभागिय टोली नेपाल पुलिस, आर्मी र एपिएफ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत मधेश प्रदेशले आफ्नो पहिलो खेल पौष २८ मा कोशी प्रदेश विरुद्ध खेल्ने छ ।

मधेश प्रदेशको टोली : हरि शंकर साह (कप्तान), निरज यादव, मयन यादव, अनिल कुमार साह (विकेटकिपर), पवन सर्राफ (उपकप्तान), अभिषेक तिवारी, अरनिको यादव, राहुल मंडल, विशाल पटेल, रंजीत कुमार, रुपेश सिंह, सम्साद अंसारी, प्रदिप पासवान र राजेश यादव ।

टोलीको प्रशिक्षकमा सुनिल साह, व्यवस्थापकमा सुवाष जैसवाल र भिडियो एनालिष्टमा नवनित जैसवाल रहेका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.