लेख विवरण

एसकेबीसी तेक्वान्दो सुरु

एसकेबीसी तेक्वान्दो सुरु

काठमाडौंँ । एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) को संयुक्त आयोजनामा प्रथम एसकेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

टोखा नगरपालिका वडा ५ श्री टोलस्थित श्री समाज भवनमा भइरहेको प्रतियोगिताको पहिलो दिन महिला एकल पुम्सेमा एसकेबीसकी दक्षता रावल, ५२ केजीमुनि च्याम्पियन मार्सल आर्ट्सकी प्रतिमा भुजेल, ३५ केजीमुनि लैनचौरकी सितिस्मा केसी, २९ केजीमुनि थलीकी मिङमा लक्की शेर्पा, २३ केजीमुनि लैनचौरकी मनिश्री चन्द र २० केजीमुनि चन्द्रसूर्यकी रेन्जी चौलागाईंले स्वर्ण जिते । पुरुष ३६ केजीमुनि थलीका नवीन तामाङ पहिलो भए ।

प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी जम्मा ४० स्पर्धामा करिब ५ सय खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजनाले जनाएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.