लेख विवरण

रामविनय, प्रजापति र लेखनाथ सेमिफाइनलमा

रामविनय, प्रजापति र लेखनाथ सेमिफाइनलमा

काठमाडौंँ । रामविनय श्रेष्ठ, प्रजापति दाहाल र लेखनाथ पराजुली जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष सिंगल्समा टक्कर कुँवर, दिनेश केसी, रेवती कार्की र उमेश धितालले सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला सिंगल्समा सोमा गुरुङ, भावना राई, पूजा राई र शर्मिला केसी सेमिफाइनल पुगे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा टक्कर कुँवर र बसन्त थापा, राजेश तुम्सिङ मगर र श्याम थापा तथा शोभाकर भण्डारी र चन्द्रबहादुर पाण्डेको जोडीले सेमिफाइनल यात्रा तय गरे । मिक्स डबल्समा दिनेश केसी र पूजा राई, केवल बानियाँ र सोमा गुरुङ तथा उमेश धिताल र शर्मिला केसीको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा ७६ खेलाडीको सहभागिता रहेको आयोजक युनियन अध्यक्ष गणेश भट्टराईले जनाएका छन् । शनिबार सम्पन्न हुने विभिन्न ५ स्पर्धा समावेश प्रतियोगितामा सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.