लेख विवरण

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा कर्णालीलाई १ सय २३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा कर्णालीलाई १ सय २३ रनको लक्ष्य

काठमाडौंँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीले कर्णाली प्रदेशलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशाला क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै १ सय २२ रन बनायो । गण्डकीका लागि कमल परियार र अमृत गुरुङले २१-२१ रन बनाए । त्यस्तै आश्विनी राणा (१६) र बिपिन खत्रीले (१०) रन बनाए । चन्द्र पौडेल (१४) र अंकित न्यौपाने (२) रनमा अविजित रहे । गण्डकी प्रदेश शनिबार भएको पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो ।

कर्णालीको भने आज नै पहिलो खेल हो । बलिङतर्फ कर्णालीका अनुज चुनारा, दिनेश अधिकारी र दिपेन्द्र रावतले २-२ विकेट लिए । प्रकाश जैसी, दिवान पुन र रविन्द्र शाहीले समान एक–एक विकेट लिए । कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.