लेख विवरण

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीविरुद्ध कर्णालीको सानदार जित

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीविरुद्ध कर्णालीको सानदार जित

काठमाडौंँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सानदार जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ रंगशाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले दिएको १ सय २३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा हिमान्शु शाहीले ५३ रनको अर्धसतकीय पारी खेले । ७१ बलको सामाना गरेका शाहीले ५ चौंका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान रबिन्द्र शाही (२०) र बिपिन शाहीले (६) रन बनाए । अर्जुन घर्ति (१०) र ओपनर निश्चल रावल (२९) रनमा अविजित रहे । गण्डकीका लागि अंकित न्यौपानेले २ तथा बिपिन खत्रीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । गण्डकीका लागि कमल परियार र अमृत गुरुङले २१(२१ रन बनाए । त्यस्तै आश्विनी राणा (१६) र बिपिन खत्रीले (१०) रन बनाए । चन्द्र पौडेल (१४) र अंकित न्यौपाने (२) रनमा अविजित रहे । गण्डकी प्रदेश शनिबार भएको पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो ।

बलिङतर्फ कर्णालीका अनुज चुनारा, दिनेश अधिकारी र दिपेन्द्र रावतले २-२ विकेट लिए । प्रकाश जैसी, दिवान पुन र रविन्द्र शाहीले समान एक–एक विकेट लिए ।

 
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीविरुद्ध कर्णालीको सानदार जित

खेलको प्लेयर अफ द म्याच ग्रहण गर्दै कर्णालीका दिनेश अधिकारी ।

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीविरुद्ध कर्णालीको सानदार जित

कर्णालीका लागि अर्धसतक प्रहार गरेका हिमान्शु शाही ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.