लेख विवरण

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको दोस्रो हार, एपिएफसँग ८९ रनले पराजित

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको दोस्रो हार, एपिएफसँग ८९ रनले पराजित

काठमाडौंँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो हार ब्योहोरेको छ । शनीवार नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको बागमती आज एपिएफसँग ८९ रनले पराजित भयो ।

एपिएफले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ रन बनाउदै अलआउट भयो । टोलीका लागि कप्तान रित गौतम (६०), आशुतोष घिरैया (४१) र रबिन जोशीले अविजित (२०) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।

एपिएफका लागि बलिङमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेलले ९ ओभरमा १ मेडन सहित २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै अविनाश बोहरा र मौसम ढकालले समान २-२ विकेट लिए । पुरन बिक र भुवन कार्कीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले सन्दीप जोराको सतकमा निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रन बनाएको थियो । टोलीका लागि पाचौंँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले एक सय तीन बलमा शतक पूरा गरे । सन्दीपले एक सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै एक सय १२ रनको योगदान दिए ।

त्यस्तै लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०-१० रन बनाए ।

बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान २-२ विकेट लिए । त्यस्तै सोनु देवकोटाले एक विकेट लिए ।

 
प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको दोस्रो हार, एपिएफसँग ८९ रनले पराजित

पाचौंँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले एक सय तीन बलमा शतक पूरा गरे । सन्दीपले एक सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै एक सय १२ रनको योगदान दिए ।

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको दोस्रो हार, एपिएफसँग ८९ रनले पराजित

खेलको प्लेयर अफ द म्याच ग्रहण गर्दै एपिएफका सन्दीप जोरा ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.