लेख विवरण

विराटको रेकर्ड तोड्दै बाबर बने टी-२० क्रिकेटका वास्तविक बादशाह

विराटको रेकर्ड तोड्दै बाबर बने टी-२० क्रिकेटका वास्तविक बादशाह

काठमाडौंँ । पाकिस्तानका पूर्व कप्तान बाबर आजमले टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । बाबरले न्युजिल्यान्डविरुद्ध लगातार दोस्रो अर्धशतक प्रहार गरे । यो अर्धशतकसँगै उनले विराट कोहलीलाई पनि उछिनेका छन् । बाबर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको १०० इनिङमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन् । यो सूचीको दोस्रो स्थानमा विराट कोहली रहेका छन् ।

न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० खेलमा बाबरले ४३ बलमा ६६ रन बनाए । बाबरको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो १०० औं इनिङस हो । यससँगै बाबरले ३५ पटक ५० भन्दा बढी रन बनाउन सफल भएका छन् । विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको १०० इनिङमा ३४ भन्दा बढी ५० रन बनाएका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा यो सूचीको तेस्रो स्थानमा छन् । रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको १०० इनिङमा २५ पटक ५० भन्दा बढी रन बनाएका छन् । जोस बटलर र पल बटलरले १०० इनिङ्समा २१ पटक ५० भन्दा बढी रन बनाएका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.