लेख विवरण

शान मार्शद्धारा क्रिकेटबाट सन्यासको घोषणा

शान मार्शद्धारा क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौंँ । अस्ट्रेलियाका महान खेलाडी शान मार्शले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले बिग ब्यास लिगमा सिड्नी थन्डरविरुद्ध आफ्नो करियरको अन्तिम खेल खेलेका थिए । मार्शले आफ्नो करियरको दौरान धेरै यादगार रेकर्डहरू बनाएका छन्। उनले इन्डियन प्रिमियर लिग (आइपिएल) पनि खेलेका छन् । मार्श आइपिएलको पहिलो सिजनमा ओरेन्ज क्याप जितेका खेलाडी हुन् । उनले घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

मार्शले बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सबाट खेलिरहेका छन् । उनले मेलबर्न स्टार्सविरुद्ध खेलेको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । मार्शले ४९ बलमा ६४ रन बनाएका थिए । यस क्रममा उनले १० चौका प्रहार गर्दै अविजित रहे । मार्शले आफ्नो करियरको अन्तिम खेल जनवरी १७ मा सिड्नी थन्डरविरुद्ध खेल्ने बताएका छन् । यसपछि उनले सन्यास लिनेछन् ।

मार्शको आइपिएल करियर पनि उत्कृष्ट रहेको छ । उनले आइपिएलमा पञ्जाब किंग्सबाट मात्र खेलेका थिए । उनले सन् २००८ मा आइपिएलमा डेब्यु म्याच खेलेका थिए भने डेब्यु सिजनमा नै ओरेन्ज क्याप जितेका थिए । उनी आइपिएलमा ओरेन्ज क्याप जित्ने पहिलो खेलाडी बनेका थिए । मार्शले आइपिएलमा ७१ खेल खेलेका छन् । यस क्रममा उनले २ हजार ४ सय ७७ रन बनाएका छन् । उनले एक शतक र २० अर्धशतक पनि प्रहार गरेका छन् । आइपिएलमा उनको उत्कृष्ट स्कोर ११५ रन हो ।

मार्शको अन्तर्राष्ट्रिय करियरलाई हेर्दा उनी प्रभावशाली खेलाडीका रुपमा देखिएका छन् । उनले ७३ एकदिवसीय खेलमा २ हजार ७ सय ७३ रन बनाएका छन् । यस क्रममा उनले ७ शतक र १५ अर्धशतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट स्कोर १ सय ५१ रन हो । उनले ३८ टेस्ट खेल पनि खेलेका छन् । यस क्रममा उनले २ हजार २ सय ६५ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट स्कोर १ सय ८२ रन रहेको छ । यस क्रममा उनले ६ शतक र १० अर्धशतक प्रहार गरेका थिए । मार्शले डेब्यु एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले वेस्ट इन्डिजविरुद्ध ७ चौका र १ छक्काको मद्दतमा ८१ रन बनाएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.