लेख विवरण

हक्की खेलको विकासका लागि फन्ड जुटाउने भन्दै बेटिङ कम्पनीसँग सम्झौता

हक्की खेलको विकासका लागि फन्ड जुटाउने भन्दै बेटिङ कम्पनीसँग सम्झौता

काठमाडौंँ । विश्व हक्कीको सर्वोच्च निकाय इन्टरनेसनल हकी फेडेरेसन (एफआईएच)ले स्वीडेनको एक बेटिङ कम्पनीसँग चार वर्षे सम्झौता गर्ने आफ्नो निर्णयको बचाउ गरेको छ ।

फेडेरेसनले आइतबार आफ्नो निर्णयको बचाउ गर्दै बेटिङ हक्की खेलको विकासका लागि रकम जुटाउने माध्यम भएको बताएको छ ।

भारतको राँचीमा भएको महिला ओलम्पिक छनोटका क्रममा एक उच्च अधिकारीले भने, 'हामीले एक कानुनी बेटिङ फर्मसँग सम्झौता गरेका छौं। यो पूर्ण रूपमा नियन्त्रित तरिकाले हुन्छ। बेटिङबाट खेलमा भ्रष्टाचार रोक्न एक इंटिग्रिटी कोड बनाइएको छ।'

एफआईएचले केही दिन अघि स्प्रिङ मिडियासँग साझेदारी गरेको छ, जसले खेल प्रशंसकहरूलाई बेटिङ प्याकेज प्रदान गर्दछ । यो सम्झौताअन्तर्गत ४ वर्षमा १३ सयभन्दा बढी खेलहरु हुनेछन् ।

एफआईएचका अध्यक्ष तैयब इकरामले भने, 'स्प्रिङ मिडियासँगको हाम्रो साझेदारीले हाम्रो व्यावसायिक पोर्टफोलियोलाई बलियो बनाउनेछ । यसले हाम्रो स्रोत र साधनको वृद्धिलाई बढाउनेछ। नयाँ सम्झौताले व्यावसायिक र प्रसारण बढाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।'

एजेन्सीले हालै अस्ट्रेलियाको शीर्ष स्तरीय लिग हकी वनसँग साझेदारी गर्दै सन् २०२३ को संस्करणको मिडिया राइट्स बेचेको छ । सन् २०२२ देखि, अन्तर्राष्ट्रिय एजेन्सीले होस्ट प्रसारणकर्ताको रूपमा पनि काम गरेको छ, जसले नेदरल्याण्ड्सको तर्फबाट राष्ट्रिय खेलहरू कभर गर्दछ।

महासंघको यो निर्णयको हक्की जगतमा पनि विरोध हुन थालेको छ । यस विषयमा एफआईएचले भनेको छ– 'कानुनी सट्टेबाजी नै खेलकुदको दुनियाँमा अगाडि बढ्ने एक मात्र उपाय हो ।'

यो समाचार भारतीय अनलाईन पोर्टल दैनिक भास्करबाट साभार गरिएको हो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.