साफ यू-१६ महिला च्याम्पियनसिप नेपालमा आयोजना हुने
काठमाडौंँ । साफ यू–१६ महिला च्याम्पियनसिप २०२४ फाल्गुन १८ देखी २५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ ।
प्रतियोगितामा आयोजक नेपालसँगै बंगलादेश, भुटान र भारतले सहभागिता जनाउने भएका छन् ।
ललितपुरको च्यासल रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतले फाल्गुन १८ मा भुटानसँग खेल्नेछ भने अर्को दिन आयोजक नेपालले बंगलादेशसँग खेल्नेछ ।
राउन्ड रोबिन लिगमा आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।


टिप्पणी लेख्नुहोस्