प्रोफेसनल राष्ट्रिय हाप्किडो च्याम्पियनसिप माघमा
बाँके । नेपाल हाप्किडो संघको आयोजनामा माघ २६ र २७ गते प्रोफेसनल राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०८० हुने भएको छ । नेपालगंज रङशालामा हुने प्रतियोगितामा सात प्रदेश र नेपाल प्रहरी स्कुल गरि ८ टोली सहभागित हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
प्रतियोगतामा फाइटतर्फ महिला र पुरुष दुवैमा ८-८ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै सेल्फ डिफेन्स-डेमोष्ट्रेशन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक तथा नेपाल हाप्किडो संघका केन्द्रिय सदस्य मो. मोहसिन हलवाईले जानकारी दिए ।
प्रतियोगता आयोजनाका लागि करिब ६६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । च्याम्पियनसिप आयोजना गर्दा नेपालमा हाप्किडो खेलको विकासमा योगदान साथै लुम्बिनी प्रदेशको पहिचान हुने विश्वास आयोजकले लिएको छ ।


टिप्पणी लेख्नुहोस्