लेख विवरण

विश्वकपका हिरो टि-२० भए जिरो, दुई खेलमा एक रन पनि बनाउन सकेनन्

विश्वकपका हिरो टि-२० भए जिरो, दुई खेलमा एक रन पनि बनाउन सकेनन्

काठमाडौंँ । रोहित शर्माको टि-२० अन्तर्राष्ट्रियमा पुनरागमन पूर्ण रूपमा असफल भएको छ। अफगानिस्तान विरुद्ध तीन खेलको टी–२० सिरिजबाट रोहित भारतीय टी–२० टोलीमा कप्तानको रुपमा फर्किएका थिए तर उनी पूर्ण रुपमा फ्लप भएका छन् । शृंखलामा दुई खेल खेलिएका छन् र दुवै खेलमा रोहितले खाता खोल्न सकेका छैनन् । गत वर्ष भारतीय भूमिमा खेलिएको एकदिवसीय विश्वकपमा रोहित हिरो बनेका थिए, तर टी–२० मा भने उनको प्रदर्शन जिरो रह्यो ।

अफगानिस्तान सिरिजको पहिलो खेलमा रोहित रनआउट भएर खाता नखोलि प्याभिलियन फर्किएका थिए । त्यसपछि इन्दौरमा अफगानिस्तानसँगको दोस्रो खेलमा भारतीय कप्तान गोल्डेन डकको सिकार बने । अफगानिस्तानका तिब्र गतिका बलर फजल हक फारुकीले पहिलो बलमै रोहितलाई बोल्ड गरेर प्याभिलियनको बाटो देखाए ।

रोहितले अफगानिस्तान सिरिजबाट करिब १४ महिनापछि टी–२० अन्तर्राष्ट्रियमा पुनरागमन गरे । यसअघि उनले नोभेम्बर २०२२ मा इङ्ल्यान्डविरुद्ध अन्तिम टी–२० खेल खेलेका थिए जुन टी–२० विश्वकपको फाइनल थियो । रोहितको यो खराब फर्मले उनलाई २०२४ को टी–२० विश्वकपमा समस्या खडा गर्न सक्छ । खराब फर्मसँग लडिरहेका रोहितलाई यस्तो अवस्थामा टी–२० विश्वकपको लागि भारतीय टोलीको कमाण्ड दिइन्छ या नाई त्यो हेर्न भन्ने रोचक हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.