लेख विवरण

प्रधानमन्त्री कप क्रिकेट : एपिएफले कोशी प्रदेशलाई हरायो

प्रधानमन्त्री कप क्रिकेट : एपिएफले कोशी प्रदेशलाई हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी मैदानमा भएको खेलमा कोशीले दिएको १ सय ३६ रनको लक्ष्य एपिएफले १९.१ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो ।

एपिएफको जितमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेलले ५३ बलमा ८० रनको पारी खेले । यस क्रममा रोहितले ९ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै ओपनर प्रज्जवल शाही (२२) र सुमित मर्हजनले अविजित (२०) रन बनाए ।

कोशी प्रदेशका लागि बलिङमा र्फिदोश अंसारी, कमल खत्री, समिर कार्की र सोनु मंडलले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोशीले ४४.३ ओभरमा अलआउट हुँदै १ सय ३५ रन बनाएको थियो । टोलीका लागि र्फिदोश अंसारीले सर्वाधिक ५५ रन बनाए । सोनु अंसारी (२०), अंकित सुबेदि (१३), सोनु मंडल (११) र आइस भट्टराईले (१०) रन बनाए ।

एपिएफका लागि बलिङमा अविनाश बोहरा र रोहित पौडेलले ३-३ विकेट लिए । अमर रौटेलाले २ विकेट लिदा भुवन कार्कि र मौसम ढकालले समान १-१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.