लेख विवरण

अष्ट्रेलियन ओपन : अमेरिकी युवा स्टार कोको गौफको उत्कृष्ट सुरुवात

अष्ट्रेलियन ओपन : अमेरिकी युवा स्टार कोको गौफको उत्कृष्ट सुरुवात

काठमाडौंँ । अष्ट्रेलियन ओपनमा अमेरिकाकी युवा स्टार कोको गौफले उत्कृष्ट सुरुवात गरेकी छिन् । उनले स्लोभाकियाकी अन्ना कारोलिना स्मिडलोभालाई ६–३, ६–० को सोझो सेटमा पराजित गरिन् । गौफले स्लोभाकियाली खेलाडीलाई एक घण्टामै पराजित गरिन् । १९ वर्षीया गौफले अब हमवतन क्यारोलिन डोलेहाइडको सामना गर्नेछिन् । डोलेहाइडले फ्रेन्च क्वालिफायर लिओलिया जिनजेनलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् । यस्तै दुई पटकको च्याम्पियन जापानकी नाओमी ओसाका प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएकी छन् । ओसाका फ्रान्सकी क्यारोलिन गार्सियासँग ६–४, ७–६ ९७–२० ले पराजित भइन् ।

पुरुष सिंगल्समा रुसका डेनिल मेदभेदेवले वाकओभर पाए । उनीविरुद्ध खेलेका फ्रान्सका क्वालिफायर टेरेन्स एटोमले चोटका कारण खेलको बीचमै बाहिरिए । उनले आफ्नो पहिलो ग्रान्डस्लाम म्याच खेलिरहेका थिए । खेल रोकिँदा मेदभेदेभ ५–७, ६–२, ६–४, १–० ले अगाडि थिए । उनले वाकओभर प्राप्त गरे । मेदभेदेवले अब फिनल्यान्डका एमिल रुसुवुरीसँग प्रतिस्पर्धा गर्नेछन्, जसले पहिलो चरणमा क्वालिफायर प्याट्रिक किप्सनलाई हराएका थिए ।

अमेरिकाका बेन शेल्टनले स्पेनका रोबर्टो बाउटिस्टा अगुटलाई ६–२, ७–६, ७–५ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । उनलाई यो खेल जित्न २ घण्टा ४६ मिनेट लागेको थियो । शेल्टनको अर्को प्रतिद्वन्द्वी अष्ट्रेलियाका क्रिस्टोफर ओुकोनेल हुन् । क्रिस्टोफरले चिलीका क्रिस्टियन गारिनलाई ६–३, ५–७, ६–४, १–६, ५–७ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

पाँच पटकका उपविजेता एन्डी मरे र सन् २०१४ का च्याम्पियन स्टान वावरिन्काले अस्ट्रेलियन ओपनटेनिसमा उत्कृष्ट प्रदर्शन गरे पनि दुवै अनुभवी जोडी सोमबार पहिलो चरणबाटै बाहिरिएका छन् । मर्रे अर्जेन्टिनाका टोमस मार्टिन इचेभेरेरीसँग ६–४, ६–२, ६–२ ले पराजित भए । वावरिन्कालाई २० औं वरीयताका एड्रियन मन्नारिनोले हराएका थिए । मन्नारिनोले ६–४, ३–६, ५–७, ६–३, ६–० को सोझो सेटमा जित निकालेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.