लेख विवरण

बार्सिलोनालाई हराउँदै रियल मड्रिडले जित्यो स्पेनिस सुपर कपको उपाधि

बार्सिलोनालाई हराउँदै रियल मड्रिडले जित्यो स्पेनिस सुपर कपको उपाधि

काठमाडौंँ । भिनिसियस जुनियरको ह्याट्रिकमा रियल मड्रिडले साउदी अरेबियामा भएको खेलमा आफ्नो प्रतिद्वन्द्वी बार्सिलोनालाई ४–१ गोलअन्तरले पराजित गर्दै स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

भिनिसियसले आइतबारको खेलको पहिलो हाफमा तीनै गोल गर्दै रियल मड्रिडलाई सिजनको पहिलो उपाधि दिलाएका थिए । भिनिसियसले आफ्नो प्रदर्शन क्रिस्टियानो रोनाल्डोलाई समर्पित गरे।

रियल मड्रिडले सुपर कपको १३ औं उपाधि जितेको हो । बार्सिलोनाले यो उपाधि १४ पटक जितेको छ । भिनिसियसले पहिलो गोल गरेपछि क्रिस्टियानो रोनाल्डोले जस्तै उत्सव मनाए । रोनाल्डो हाल साउदी अरेबियाको लिगमा खेलिरहेका छन् । रियल मड्रिडका लागि रोड्रिगोले पनि गोल गरे भने बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा एक मात्र गोल गरे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.