लेख विवरण

नेपाल र वेस्टइन्डिजबीचको खेल बर्षाका कारण रोकियो

नेपाल र वेस्टइन्डिजबीचको खेल बर्षाका कारण रोकियो

काठमाडौंँ । आईसीसी यू-१९ विश्वकप प्रतियोगिता अन्तर्गत नेपाल यू-१९ र वेस्टइन्डिज यू-१९ बीचको अभ्यास खेल बर्षाको कारण रोकिएको छ ।

जोहानेसबर्गमा जारी खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले बर्षाका कारण खेल रोकिदा सम्म ८.३ ओभरमा १ विकेट गुमाएर ३३ रन बनाएको छ । नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन् ।

आईसीसी यू-१९ विश्वकप प्रतियोगिताको तयारी अन्तर्गत नेपालले अभ्यास खेल खेल्न लागेको हो । नेपालीमा टोलीमा कप्तान देव खनालसँगै बिपिन रावल, दिपेश कँडेल, आकाश चन्द, विशाल बिक्रम केसी, तिलक भण्डारी, दिपक बोहरा, दिपक डुम्रे, अर्जुन कुमाल, हेमन्त धामी, गुल्शन झा, उत्तम थापा मगर, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, सुवाष भण्डारी र दिपक बोहरा रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.